हाम्रो बारेमा

सबै

                    सहज र सरल सञ्चार माध्यमको रुपमा हामी रेडियो प्रसारणलाई लिने गर्छौ ।  रेडियो प्रसारणको अनुभव सगै हामी सुचना र सञ्चारको युगमा प्रवेश गरेका छौ । असहाय र आवाज बिहिनहरुको आवाजलाई सम्बन्धीत निकायमा पुर¥याउने हाम्रो मुल उद्वेश्य हो भने सम्बन्धीत निकायलाई झकझकाउने काम हाम्रो नित्य कर्म भित्र पर्दछ । शिबशक्ति सामुदायिक सस्थाद्धारा सञ्चालित रेडियो सामुदायिक रेडियो हो । सामुदायिक रेडियो रेडियो शिबशक्ति ९८.३ मेघाहर्ज समुदायको प्रतिबिम्बको रुपमा सहकार्य गर्दै अगाडी बढी रहेको छ ।  समुदायमा छरिएर रहेको पुजीलाई एकत्रित गरि समुदायकै ब्यक्तिद्धारा सञ्चालन गरिएको यस रेडियोले समुदायकै आवाज बोल्ने मुल उद्धेश्य लिएको छ ।  सबैजसो  समुदायका मुद्धाहरुलाई हामी आफ्नै समस्या ठानी जिम्मेवार हुने प्रयत्नमा छौ । 
                      रेडियो शिबशक्ति ९८.३ मेगाहर्ज २०७१ साल पौष १९ गते समुदायको वास्तविक प्रतिविम्बको मुलनारा लिएर भरतपुर महानगरपालीका बडा नं १४ शिबनगरमा आधुनिक प्रबिधिको ट्रान्समिटरद्धारा नियमित प्रसारणमा छौ । हामीलाई इन्टरनेट मार्फत www.radioshivshakti.org.np बाट पनि बिश्व भर एकै साथ सुन्न सक्नु हुने छ । रेडियोबाट प्रसारित सुचनामुलक, ज्ञानमुलक,मनोरञ्जनात्मक लगायतका कार्यक्रमले लाखौ श्रोताहरुको मन जित्न सफल भएको छ । समाजमा रहेका हरेक समस्याहरुको समाधानका लागी हामी हाम्रो भुमिकामा चुक्ने छैनौ ।