जुटपानी रेडक्रसद्धारा  शुभकामना आदानप्रदान

नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाद्वारा   विजयादशमी तथा दिपावलीको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम  सम्पन्न भएको छ।  बिहीबार शाखाको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो। 

उपशाखाका सभापति  राजन रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा कालिका  ६ का वडा अध्यक्ष टीकाराम रेग्मीको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले कार्यक्रमको  उद्घाटन गर्दै सम्पूर्ण रेडक्रसकर्मी , उपस्थित व्यक्तित्वहरूलाई  शुभकामना व्यक्त गर्नुभयो । 

त्यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा  चितवनका महामन्त्री  राममणि खनाल, उपमन्त्री  महेश्वर थपलिया  लगायतको उपस्थिति रहेको थियो । उहाँहरूले पनि कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस