भरतपुर १५ भद्रकाली टोलद्वारा आयोजित रक्तदानमा २८ जनाले गरे रक्तदान

भरतपुर, कार्तिक २५ 


भरतपुर १५ विष्णुपुरमा रहेको भद्रकाली टाेल विकास संस्थाको आयोजना र नेपाल रेडक्रस साेसाइटी महेन्द्रचाेक उपशाखाकाे समन्वयमा  शनिबार खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्।

त्यस्तै कृष्ण के सी प्रतिष्ठानको सह आयोजनामा भएको कार्यक्रममा जय नेपाल दुग्ध उत्पादक संघले सहयोग गरेका थिए। 

  टाेल विकास संस्थाका अध्यक्ष रामकाजी थापाको सभापतित्वमा भएको कार्यक्रममा  संघिय सांसद अन्जनी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।   त्यस्तै भरतपुर १५ का वडा अध्यक्ष श्रीकृष्ण देवकोटा लगायतको आतिथ्यता रहेको थियो। 

त्यस्तै नियमित रक्तदाता  बिदुर के सीले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रममा   टाेल विकास संस्थाका सचिव अमृत पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।  

प्रतिकृया दिनुहोस