सरल नेपालद्वारा ४ दिने `व्यक्तित्व विकास एवम् अन्तरक्रिया ', २ सय बालबालिका लाभान्वित 

भरतपुर। 


भरतपुर १४ मा रहेको सरल नेपालद्वारा आयोजित ४ दिने `व्यक्तित्व विकास एवम् अन्तरक्रिया ' कार्यक्रम  सोमबार सम्पन्न भएको छ। बालबालिकाहरुको लागि भरतपुर महानगरपालिका वडा नं १३ को सहयोगमा आयोजित उक्त कार्यक्रममा ५ वटा विद्यालयका २ सय विद्यार्थीहरु लाभान्वित भएका छन् । 

बालबालिकाहरुलाई सानै उमेरबाट उनीहरुको ब्यक्तित्व विकास गर्न तथा आत्मनिर्भर बन्न सकुन्  भन्ने उद्देश्यले यो कार्यक्रम  आयोजना गरिएको संस्थाका अध्यक्ष  मनिष पौडेलले बताउनुभयो। बालबालिकाको डर , त्राश हटाउनुको साथै सबैको अगाडी  कसरी निर्धक्क आफ्नो कुराहरू राख्ने भन्ने कार्यक्रममा सिकाइएको पौडेलले जानकारी दिनुभयो।  त्यस्तै बालबालिकालाई वडा कार्यालयसंग नजिक बनाउन र आवश्यक परेको बेला कार्यालयबाट सहयोग प्राप्त गर्ने विश्वास उक्त कार्यक्रम मार्फत दिलाउन खोजिएको उहाँले बताउनुभयो। 

भरतपुर १३  वडा अध्यक्ष प्रकाश दवाडीको प्रमुख आथित्यतामा वडा कार्यालयको हलमा सम्पन्न  भएको कार्यक्रममा सन्जिब पौडेलले प्रशिक्षण दिनुभएको थियो । सो कार्यक्रममा भरतपुर १३ का वडा सचिब दिपक कुमार ढकाल, वडा सदस्य चेत बहादुर तामाङ, वडा सदस्य बिमा दवाडी लगायतको उपस्थिति रहेको थियो। 

प्रतिकृया दिनुहोस