बीसहजारी टोल बिकाश सस्थामा लामिछाने

बीसहजारी टोल बिकाश सस्था भरतपूर ८ गौरिगञ्ज बरुवाको आज सम्पन्न भेलाले चन्द्रकला लामिछानेको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिती गठन

२२ कात्र्तिक। भरतपुर । 
                         बीसहजारी टोल बिकाश सस्था भरतपूर ८ गौरिगञ्ज बरुवाको आज सम्पन्न भेलाले चन्द्रकला लामिछानेको अध्यक्षतामा सात सदस्यिय नयाँ कार्य समिती गठन गरेको छ । 

 

 

 

 

 

 

 

 

 

                                   नवगठित कार्य समितीमा उपाध्यक्ष माया थापा, सचिव नरबहादुर काउछा, कोषाध्यक्ष प्रतिक्षा ढकाल, सह सचिव सञ्जिव तिवारी र सदस्यहरुमा मोहन बि.क, मनबहादूर छन्तेल सर्वसंवत हुनु भएको छ । नव निर्वाचित कार्य समितीले टोलको सर्वाङ्गिण बिकासका लागी अहोरात्र खटि जनसेवा गर्ने सामुहिक प्रतिवद्दता समेत जनाएको छ । 
सो अवसरमा निर्वतमान अध्यक्ष बिजयराज रेग्मीले टोलको बिकास र संबृद्दिका लागी अगिल्लो कार्य समितीले तय गरेको रोडम्यापलाई पछ्याई अगाडी बढ्न आग्रह समेत गर्नु भएको थियो । पहल कमिटीका संयोजक एवं बीसहजारी टोल बिकाश सस्था पूर्व अध्यक्ष केशरबहादूर बस्नेत, बीसहजारी टोल बिकाश सस्थाका पुर्व अध्यक्ष पुर्णराज घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु र्भको थियो । 

 

प्रतिकृया दिनुहोस