महिला साफ च्याम्पियनसिप : भारतलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं । भारतमाथि ऐतिहासिक जित हात पार्दै नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

 

शुक्रबार त्रिपुरेश्वरस्थत दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।

 

अब नेपालले उपाधिका लागि बंगलादेशसँग खेल्नेछ ।

 

नेपाल फाइनलमा पुगेको भने पाँचौं पटक हो । तर चार पटक नै नेपाल फाइनलमा भारसँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस