भरतपुरमा स्केटिंग पार्क सञ्चालन , भरतपुरलाई खेलकुदमय बनाउने सञ्चालक गुरुङको दावी
२ फागुन, भरतपुर ।
भरतपुर महानगरपालिका वडा नं ९ मा मञ्जुश्री स्केटिंग पार्क सञ्चालनमा आएको छ। अर्किड कलेजको अगाडि सञ्चालन भएको सो पार्कको सोमवार सत्य बचन परम् इश्वरीय मार्गदर्शन सामाजिक संस्थाका प्रमुख श्रीकृष्ण आलेमगरले उद्घाटन गर्नुभएको हो।
मञ्जुश्री स्केटिंग पार्कका सञ्चालक कुमार गुरुङले भरतपुरलाई खेलकुदमय बनाउने उद्देश्यले यो पार्क सञ्चालन गरिएको दावी गर्नुभयो। उहाँका अनुसार गुड्ने चक्का सहितको जुत्ता लगाएर पार्कमा दौड्ने, गुड्ने गर्न सकिन्छ। जसलाई रोलर स्केटिंग गेम भनिन्छ । सुरक्षाका लागि हेलमेट, कुहिना र घुँडामा सेफ्टी बेल्ट लगाउने गरिन्छ ।
करिब १० हजार ५ सय स्क्वायर फिट क्षेत्रफलमा बनेको यस पार्कमा १ पटकमा १ सय ८० जनाले खेल्न सक्ने सञ्चालक गुरुङले बताउनुभयो। यस पार्कमा गेंमसंगै रेस्टुरेन्टको पनि व्यवस्था रहेको छ। शारीरिक तथा मानसिक रूपले तन्दुरुस्त हुनका लागि यस पार्कले विशेष भूमिका निर्वाह गर्ने गुरुङको भनाई छ । यस पार्कमा स्कूलका विद्यार्थीहरू देखि युवा युवती सबैले गेम खेल्न सक्नेछन् । स्केटिंगका खेलाडी उत्पादनका लागि यो पार्क उपयोगी हुने सञ्चालक गुरुङले बताउनुभयो।
प्रतिकृया दिनुहोस