ग्राहकको सहजताका लागि  सुविसु सेल्फ केयर पोर्टल

     १४ भदौ,चितवन ।  इन्टरनेटको थप सुबिधा लिनका लागि अब कार्यालय धाउन नपर्ने भएको छ । घरमै बसी आफुले चाहे अनुसारको सुबिधा लिन पाउने व्यवस्था सुविसु केवल नेट प्रा.लिले गरेको छ ।
          सेल्फ केयर र्पोटल सञ्चालनमा आए पछि घरमै बसेर ग्राहकले सहज सुबिधा पाउने भएका हुन् । आफुले खरिद गरेको सेवाको बारेमा यो र्पोटलबाट जानकारी लिन सकिने छ । यनेजनाहरु थप्न घटाउन र अतिरिक्त सेवा पनि पाउन सकिने छ । सुविसु केवल नेट प्रा.लिको सेवालाई चुस्त र दुरुस्त बनाउने उद्घेश्यले यो योजना ल्याईएको हो ।
         अब अनलाईन भुक्तानी गरी नविकरण गर्न पनि सकिने सुविसु नेट प्रा.लि चितवनका शाखा प्रमुख आनन्द अधिकारीले जानकारी दिनुभयो । आगामी दिनहरुमा पनि ग्राहकको सुबिधाका लागि समय सुहाँउदा योजनाहरु ल्याइने बताइएको छ ।
 सुबिसु केबलनेट (प्रा.)लिले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस,भि.पि.एन.एस ,व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट ,एम.भि.पि,डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन प्रदानगर्दै आएको छ । 

प्रतिकृया दिनुहोस