उषा इंग्लिश बोर्डिङ स्कुलका कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण

 

१० भदौ, मंगलपुर।

                                       

उषा  इंग्लिश बोर्डिङ स्कुलका कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम  गरिएको छ।  भरतपुर १५  मंगलपुरमा  रहेको  स्कुलका कक्षा १२ का विद्यार्थीद्वारा स्कूलको  सहकार्यमा  आज  होटल  सेभेन स्टार, सौराहामा  कक्षा ११ का  विद्यार्थीलाई स्वागत तथा अभिमुखिकरण  गरेका हुन्  ।  

  

                                


 
 स्वागत कार्यक्रम संयोजक सुमन बोगटीको सभापतित्वमा भएको कार्यक्रममा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै   विद्यालय प्राचार्य नरेश ढकाल, प्लस टू संयोजक टेक प्रसाद सापकोटाको  आतिथ्यता रहेको थियो।  कार्यक्रममा नीति गुरुङले  स्वागत मन्तव्य   राख्नुभएको थियो  भने विद्यार्थीहरुको तर्फबाट मिलन गुरुङ, निकिता गिरीले मन्तव्य राखेका थिए ।

                                  

 

 उक्त कार्यक्रममा नव आगन्तुक  विद्यार्थीलाई टीका , पुष्प गुच्छा र खादाद्वारा स्वागत तथा सम्मान गरिएको थियो।  साथै सोही कार्यक्रममा  स्तब्ध ब्याण्डले सांगीतिक  प्रस्तुति गरेका थिए । कार्यक्रममा    उज्वल अधिकारी, सुभानि  गौतम , मञ्जिल गुरुङ , रचना थापाले अनौपचारिक कार्यक्रम सञ्चालन गरेका थिए भने सक्रीया खनिया र सिद्धार्थ श्रेष्ठ मुख्य सञ्चालक  रहेका थिए।

 

उक्त कार्यक्रममा कक्षा ११ का ८० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

                                   

                                      

                                     

 

प्रतिकृया दिनुहोस