टोल बिकास सस्थामा रेग्मी निर्विरोध ।

१८ माघ, चितवन  ।

बिसहजारी टोल बिकास सस्था भरतपुर ८ बरुवाको आईतवार बार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।  
भरतपुर महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष दामोदर न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्नु हुदै अध्यक्ष न्यौपानेले टोलवासीको माग पुरा गर्न आफु अहोरात्र खटिई रहने प्रतिवद्द ब्यक्त गर्नु भएको थियो । सस्थाका अध्यक्ष केशरबहादुर बस्नेतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सचिव बिजयराज रेग्मीले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कोषाध्यक्ष शैलजा घिमिरे पौडेलले सस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा आयोजक सस्थाका सललाहकार समिति संयोजक पुर्णराज घिमिरे,वनदेवी बरण्डाभार उपभोक्ता समितिका अध्यक्ष लीलाबल्लभ भुषाल,कामाख्या मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष केशब कडेल, सस्थाकी उपाध्यक्ष बद्रीदेवी कडेंल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । 
सम्पन्न साधारण सभाले बिजयराज रेग्मीको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको छ । नव गठित कार्य समितिमा उपाध्यक्ष चन्द्रकला लामिछाने, सचिव रमेश सिलवाल,सहसचिव लालमणि पुन र कोषाध्यक्षमा माया थापालाई सर्वसम्मत गरेको छ । 
त्यस्तै सदस्यहरुमा यमुना पोख्रेल, बिञ्जु महत्तो, पुर्ण सिं पुनमगर,नरबहादुर काउचा, र मोहन बि.कलाई चयन गरिएको छ । निर्वतमान अध्यक्ष केहरबहादुर बस्नेतको अध्यक्षतामा तीन सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ । गठित समितिमा सदस्य पुर्णराज घिमिरे र रमेश पौडेल सर्वसम्वत हुनु भएको छ । 

प्रतिकृया दिनुहोस