चितवनमा साम्राज्ञी र पुष्पको फिल्म ' तिम्रो मेरो साथ' को प्रिमियर शो भब्य सम्पन्न


चितवन । मोफसलमा रहेर नेपाली चलचित्र उधोगको प्रचार प्रसार र सिनेमा क्षेत्रको प्रवर्द्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले बहुप्रतिक्षित चलचित्र ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो भब्य रुपमा सम्पन्न भएको छ। सिजील्याण्डमार्कको चितवन सिनेप्लेक्समा भएको प्रिमियर शोमा चर्चित कलाकारहरुको सहभागिता रहेको थियो ।

 

रिलिजको पूर्वसन्ध्यामा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । प्रिमियर शोमा जिल्लाका बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो । प्रिमियर शो कार्यक्रममा चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, नायक पुष्प खड्का, चर्चित कलाकार सन्दिप क्षेत्री र निर्माता तथा निर्देशक रमेश एमके पौडेलको सहभागिता रहेको थियो ।

 

पछिल्लो समय कलाकारिता तथा सिने क्षेत्र धराशायी र अस्तव्यस्त बन्दै गएकोले नेपाली चलचित्र क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता भईरहेकोले नेपाली कलाकारिता क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले प्रिमियर शो कार्यक्रमको आयोजना गरिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ बताउनुभयो । आगामी दिनमा पनि मिडिया हाउसले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै कार्कीले जानकारी दिनुभयो ।

 

समाजमा लुकेका हस्ती तथा हस्तीहरुलाई सम्मान गर्नुपर्ने दायित्व मिडिया हाउसको पनि रहेकोले मिडिया हाउसले त्यस्ता व्यक्तित्वलाई सम्मान गरी हौसला प्रेरणा र उर्जा दिएको कार्कीले बताउनुभयो । विगतका दिनहरुमा समेत विभिन्न क्षेत्रमा आवद्ध कलाकार, व्यवसायी, चिकित्सकलाई मिडिया हाउसले सम्मान गर्दै आएको छ । यस्ता प्रर्वद्धनात्मक कार्यक्रमले नेपाली चलचित्र उद्योग तथा कलाकारिता क्षेत्रलाई थप टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनु भयो ।

 

लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो तथा च्यारिटी शो गर्दै आएको छ । यसअघि पनि विभिन्न कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई चलचित्रको विशेष शोको आयोजना गर्दै सम्मान गरेको थियो ।

प्रतिकृया दिनुहोस