अर्थगणेश साकोसले हरितालिका तिज विशेष कार्यक्रम गर्ने


१३ भदौ, फुलवारी ।

अर्थगणेश साकोसले हरेक बर्षझै नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा विशेष कार्यक्रम  गर्ने भएको छ ।

 

 भरतपुर १५ फुलवारीमा रहेको संस्थाले यहि भदौ १९ गते अर्थगणेश पान्चायन मन्दिर प्राङ्गणमा तिज पर्वको शुभकामना आदान प्रदान, दर खाने लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम  गर्ने भएको हो ।

 

कार्यक्रममा   साकोसको संचालक समिति , विभिन्न उप समिति संयोजक एव सदस्य, कर्मचारी, लगायत सम्पुर्ण  शेयर सदस्यहरुलाइ निमन्त्रित गरेको छ । साकोसले शेयर सदस्यहरुलाइ सहकारी पोषाकमा उपस्थित हुन अनुरोध गरेको छ ।

                 

प्रतिकृया दिनुहोस