भरतपुरको उखरमाउलो गर्मी छल्ने उत्तम गन्तब्य चौकि डाँडा

 

होमनाथ न्यौपाने
२३ जेठ, चितवन ।

                 भरतपुरमा उखरमाउलो गर्मी हुँदा भरतपुर महानगरको  २९ नम्बर वडामा पर्ने चौकि डाँडामा गर्मिको कुनै पर्वाह छैन। जिल्लाको समथर भूभागमा सिरानी भिज्ने गरी पसिना आइरहेको समयमा भरतपुको  पहाडि स्थान भने मौसम शीतल  छ। 

 

               चितवन जिल्लाको तराई भूभागमा तापक्रम  ४१ डिग्री हाराहारी हुँदा पहाडी क्षेत्रमा २८ डिग्री हाराहारी छ । पहाडी क्षेत्रमा रातको समयमा १९ डिग्री हाराहारी तापक्रम रहने गर्दछ । चितवनको सदरमुकाम भरतपुरबाट करिब २६ किमिको दुरीमा रहेको यो स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। गर्मी छल्न भन्दै यहाँका बासिन्दा अन्य जिल्लाका पहाडी क्षेत्र गइरहँदा जिल्लाकै शीतल पहाडी क्षेत्र भने ओझेलमा छ । पहाडी क्षेत्रलाई ‘हिल स्टेसन’ का रूपमा विकास गर्न सके जिल्लाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । सदरमुकामबाट नजिकै दुरिमा रहेपनि पर्याप्त पुर्वाधार नहुदा यो स्थान ओझेलमा परेको छ। पुर्वाधारको विकास गरि आवश्यक प्रचार प्रसार गर्न सके पर्यटन विकास गर्न सकिने प्रसस्त सम्भावना छ।

प्रतिकृया दिनुहोस