चौकि डाडाको विकास तिव्र गतिमा, गर्मी छल्न आउने पर्यटकको सङ्ख्या वृद्धि (चौकि डाडा टोलका अध्यक्ष गुरुङसगको कुराकानी)

भरतपुर २९ मा पर्ने चौकि डाडामा रहेको बस्ति


होमनाथ न्यौपाने
चितवन ।

भरतपुर महानगरपालिका वडा नं २९ मा पर्ने चौकि डाडा पर्यटकीय हिसाबले धेरै सम्भावना बोकेको स्थान हो। नारायणगढ राजमार्गबाट चौकीडाँडा नजिक पर्छ। चैकीडाँडा राजमार्गमा पर्ने दासढुंगामाथिको डाँडा हो। समुद्र सतहबाट करिब १२०० मिटरमा अवस्थित यो स्थानबाट पुरै चितवन देख्न सकिन्छ।

                                                                          

यो स्थानमा अधिकतम तापक्रम ३० डिग्रीको आसपासमा रहन्छ। चन्द्रमा उदय ,तारा खसेको खाल्डो , कविलास गढि,  भाइरल सिँढि , प्राकृतिक दृश्यावलोकन, वोटानिकल गाडेन, प्याराग्लाइडिङ लगायतका  पर्यटकीय स्थलहरू तथा क्यिाकलापहरुका लागी यो स्थान प्रमुख आकर्षणको केन्द्र हो  ।

 

यसै सेरोफेरोमा रहेर स्थानीय समाजसेवी एवं चौकि डाडा टोल बिकास संस्थाका अध्यक्ष विवश गुरुङसग रेडियो शिवशक्तिका समाचार सम्पादक  होमनाथ न्यौपानेले गरेको  कुराकानी।

                          

                                       चौकि डाडा टोल बिकास संस्थाका का अध्यक्ष विवश गुरुङ  


१. विवस सर आरामै हुनुहुन्छ ?  दैनिकि कसरी चल्दैछ ?
 आरामै छु।घरको काम ,टोल समाजको काम गर्दै समय बितेको छ।


२. यो स्थान पर्यटकीय दृष्टिकोणले किन महत्वपूर्ण छ ?  पर्यटन विकासकालागी कस्तो काम भैरहेको छ ?

  यो  स्थान पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण छ। सम्भावना पनि छ। तर विकास हुन सकेको छैन। सरोकार निकायको आखाँ कम परेको छ। स्थानियले जति विकास गरे त्यति नै हो। महानगरले एउटा दृश्यावलोकन टावर निर्माण गरेको बाहेक निजि स्तरमा विकास भएको छ। निजि स्तरबाट प्याराग्लाइडिङ सुरु भएको छ ,वोटानिकल गाडेन सुरु हुँदैछ। पिकनिक स्थल वनाउन पहल भइरहेको छ।

 

३.  महानगरले २०२४ लाइ भ्रमण वर्ष मनाउने भनेको छ।यो विषयमा के भन्नु हुन्छ।
 भरतपुर महानपालिकामा थुप्रै पर्यटकीय स्थलहरू रहेका छन। ति मध्ये चौंकिडाडा पनि एक हो। भरतपुर, नारायणगढ शहरमा उखरमाउलो गर्मी हुँदा यहाँ गर्मिको कुनै पर्वाह छैन। महानगरले पुर्वाधार विकास गरोस पर्यटन विकासमा निजी क्षेत्रको लगानी सुनिश्चित गरोस् भन्न चाहन्छु ।

 

४.  अन्त्यमा, के भन्न चाहनुहुन्छ ?
अर्गानिक प्राकृतिक सौन्दर्यता रहेको यस स्थानमा पर्यटन बिकासको लागी   स्थानिय सरकारको ध्यानाकर्षण हुन जरुरी छ ।   यो स्थान पर्यटनको लागी उत्कृस्ट देखिन्छ । घुमफिर गर्न चाहने, प्राकृतिक सौन्दर्यतामा रमाउनेका लागी यो स्थान उत्तम रहेको छ , धन्यवाद ।           

                             

प्रतिकृया दिनुहोस