उषा इंग्लिश बोर्डिङ स्कुलद्वारा डेङ्गगी विरुद्ध समुदाय सचेतना तथा सरसफाई कार्यक्रम

 

१०  भदौ, मंगलपुर ।

 

उषा  इंग्लिश बोर्डिङ स्कुलले  डेङ्गगी विरुद्ध समुदाय सचेतना तथा सरसफाई कार्यक्रम गरेको छ। भरतपुर १५ मंगलपुर मा रहेको स्कुलले " लार्भा खोजौं र नष्ट गरौं"    भन्ने नारासहित  प्रदर्शन गरेको हो ।

 

 उषा  स्काउट ट्रुप , युवा रेडक्रस सर्कल, उषा इको क्लवद्वारा आयोजित उक्त कार्यक्रममा मंगलपुर बजार  सुधार समिति , गणेश युवा क्लब मंगलपुर , मंगलपुर हाट बजार व्यवस्थापन समितिले  सहकार्य गरेका थिए।  

                                

 

कार्यक्रममा प्राचार्य  नरेश ढकाल, प्लस टू संयोजक टेक प्रसाद सापकोटा , स्काउट  शिक्षक  सन्तोष वस्ताकोटी, अतिरिक्त क्रियाकलाप प्रमुख सुदिप बराल लगायत शिक्षक , शिक्षिका, विद्यार्थीहरुको  सहभागिता रहेको थियो। त्यस्तै  मंगलपुर बजार समितिका अध्यक्ष हरी कार्की, गणेश युवा क्लबका  निर्मल भट्टराई , मंगलपुर हाट बजार व्यवस्थापन समितिका रमेश श्रेष्ठको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा विद्यार्थीहरुले सचेतनामुलक  विभिन्न  प्लेकार्ड  बनाएर नारा लगाएका थिए ।

                                

 

 
 
 
 
 
 
 
 
 
 
 
 

 

 

प्रतिकृया दिनुहोस