चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनः कृष्ण चयन

चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनः कृष्ण चयन

 

१० बैशाख, चितवन

              चितवन जिल्ला फुटबल संघको अध्यक्षमा पुनः कृष्ण कार्की चयन  हुनुभएको छ । संघको आज (शनिबार) सम्पन्न छैटौं जिल्ला अधिवेशनले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

 

               संघको प्रथम उपाध्यक्षमा अनिल शाक्य, द्धितिय उपाध्यक्षमा विजय घले र तृतीय उपाध्यक्षमा विनोद लामा चयन  हुनुभएको छ । यस्तै कार्यसमिति सदस्यहरुमा दिपक गुरुङ, लाल सिंह गुरुङ, शम्भु विक, रणबहादुर घले, नविन बस्याल, वरुण बस्नेत, अरुणराज वन्त, प्रेमबहादुर गुरुङ, ध्रुव भुसाल, शकुन्तला खड्का र कृष्णबहादुर कार्की चयन हुनुभएको छ ।

 

                   यसैबीच संघको आजै सम्पन्न पहिलो बैठले महासचिव र कोषाध्यक्ष मनोनित गरेको छ । संघका अध्यक्ष कार्कीले महासचिवमा रामहरि ढकाल र कोषाध्यक्षमा प्रविण जोशीलाई मनोनित गर्नुभएको हो ।

 

प्रतिकृया दिनुहोस