भरतपुर ८ को चुनाव परिचालन समितिद्वारा कोण सभा

 

३० कार्तिक, चितवन

               चितवन क्षेत्र नं ३ क अन्तर्गत  भरतपुर महानगरपालिका वडा नं ८ को चुनाव परिचालन समितिद्वारा कोण सभा गरिएको  छ ।  भरतपुर  ८  पिपलचोकमा  लोकतान्त्रिक बाम गठबन्धनको कोणसभा  गरिएको हो।

 

               नेपाली कांग्रेसका वडा सभापति एवं लोकतान्त्रिक बाम गठबन्धनका संस्थापक शोभाखर सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व  सभासद् चित्र बहादुर  श्रेष्ठको प्रमुख आतिथ्यता रहेको  रहेको थियो। उहाँले कार्यक्रमका शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

 

                  प्रतिनिधि सभा सदस्यका उमेदवार  डा भोजराज अधिकारी, प्रदेश सभा सदस्यका उमेदवार  डा सूर्यकान्त घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो।  उहाँहरुले  सो कार्यक्रमलाई सम्बोधन गर्दै  क्षेत्र नं ३ को  विकासका लागि  हरपल  तयार  रहेको  जानकारी दिनुभयो।

 

                                      

 

                  सो कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य शंकर प्रसाद कंडेल, नेपाली कांग्रेस महासमिति सदस्य  कमल रानाभाट , नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश परिषद् सदस्य   अनक मगर, नेपाली कांग्रेस प्रदेश प्रतिनिधि  जगन्नाथ कंडेल लगायतको  उपस्थिती रहेको थियो। त्यस्तै प्रदेश ३ क गठबंधन चुनाव परिचालन समिति संयोजक  खेमनारायण सापकोटाको पनि उपस्थिति रहेको थियो।

 

             सोही कार्यक्रममा  भरतपुर - ८  पाँच दलिय  गठबन्धनका चुनाव परिचालन समितिका  सह संयोजक विष्णु प्रसाद बास्तोलाले  स्वागत मन्तव्य राख्नुभएको थियो।  महिला संघकी अध्यक्ष तथा  भरतपुर - ८ महिला परिचालन  समितिकी संयोजक हिरामाया तामाङ्ग,  नेपाली कांग्रेस वरिष्ठ  क्षेत्रीय प्रतिनिधि निवर्तमान वडा अध्यक्ष  दामोदर न्यौपाने ,  नेपाली कांग्रेस जिल्ला  सह सचिव  गोपाल दराई शुभकामन मन्तव्य व्यक्त गर्नुभएको थियो।

 

                   कार्यक्रमका सभापति  शोभाखर सापकोटाले समापन गर्नुभएको कार्यक्रममा हरिलाल कंडेलले उदघोषण गर्नुभएको थियो।

                                            

प्रतिकृया दिनुहोस