उप–निर्वाचनको सबै तयारी पुरा: मध्य रातिदेखि माैन अवधि

निर्वाचन आयोगले अगामी  १० बैशाखमा हुने उपनिर्वाचनका लागि आवश्यक सबै तयारी पुरा गरेको छ । तनुहँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । 

 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बारा–२, चितवन–२ र तनहुँ –१  तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक पुरा भएको बताए । उनको अनुसार निर्वाचन क्षेत्रमा सुरक्षाकर्मी परिचान भइसकेका छन् । निर्वाचन सुरक्षाका लागि नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी खटाइएका छन् । सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरीको सुरक्षाकर्मी रहने प्रवन्ध गरिएको छ । उम्मेदवार, निर्वाचन कार्यालय, मतपेटीका र मतदान स्थालको  सुरक्षामा भने सशस्त्र प्रहरीको टोली खटाइएका छन् । नेपाली सेनाका सुरक्षाकर्मीलाई भने मतपत्र ढुवानी तथा सुरक्षाको जिम्मा दिइएको छ । 

 

आयोगका सहायक प्रवक्ता सुवेदीले  निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, छाप, मसी लगायतका सामाग्री सम्वन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको बताए । उनले भने,‘निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको छ । सबै निर्वाचन क्षेत्रको सुरक्षा प्रवन्ध कडा पारिएको छ । निर्वाचनका लागि आवश्यक सामाग्री पनि सम्वन्धित निर्वाचन क्षेत्रमा पुगिसकेको छ ।’ प्रतिनिधिसभामा रिक्त तीन पदका लागि उपनिर्वाचनमा ६९ उम्मेदवार चुनावी मैदानमा छन् । जसमध्ये चितवन–२ र बारा–२ मा २/२ गरी चार उम्मदेवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् । त्यसो हुँदा अहिले ६५ उम्मेदवार आपसमा प्रतिष्पर्दा गरिरहेका छन् । आयोगका अनुसार चितवन–२ मा २२, बारा–२ मा ३४ र तनहँु–१ मा ९ उम्मेदवार चुनावी मैदानमा छन् ।

 

  आयोगका सहायक प्रवक्ता अर्यालले निर्वाचन आचार संहिता पूर्ण पालना गराउन सम्बन्धित सबै पक्षलाई ध्यानाकर्षण गराइएको बताए । ८ बैशाखबाट मौन अवधि सुरु हुने भएको हुँदा उक्त अवधिमा मत माग्ने र प्रचारप्रसा गर्ने उम्मेदवारलाई आयोगले कारबाही गर्ने उनको भनाई छ ।  उनले भने, ‘आयोगले निर्वाचन आचार संहिता कडाईका साथ कार्यन्वयन गरेको छ । यसका  छुट्टै अनुमगन समिति नै गठन भएको छ ।

 

समितिले आफ्नो काम तिब्र पारेको छ । अनुमगनमा केन्द्रीय स्तरबाट तीन वटै निर्वाचन क्षेत्रमा टोली खटाइएका छन् । कसैले आचारसंहिता विपरित कार्य गरे काडा कारबाही हुनेछ ।’ निर्वाचन आचार संहिता विपरित कतिपय स्थानमा प्रचार–प्रसार कार्य भएकोले राजनीतिक दलका प्रतिनिधिलाई ध्यानाकर्षण गराएको सहायक प्रवक्ता अर्यालले जनकारी दिए ।

 

निर्वाचन लक्षीत सुरक्षा संवेदनशीलतालाई बिशेष ध्यान दिइएको हुँदा निर्वाचनमा सेना परिचालन गनुपर्ने स्थिति नआउनेमा आयोग ढुक्क देखिएको छ ।  सहायक प्रवक्ता अर्यालले भने,‘सेना परिचालन गर्न सक्ने गरि स्वीकृति प्राप्त छ । तर, त्यो तहसम्म  जानु नपर्ला । किनभने, हामीलाई स्थानीय तह र प्रहरी प्रशासनबाटै सबै कुराको व्यवस्थापन हुनेछ । निर्वाचन एकदम शान्तीपूर्ण रुपमा सम्पन्न हुनेमा आयोग ढुक्क छ ।’   उप–निर्वाचनमा मतदाता उत्साहित भएकाले जनसहभागिता राम्रो हुने अपेक्षा गरेको आयोगले  तीन वटै निर्वाचन क्षेत्रमा साँढे तीन लाख मतदाता रहेकोमा ६५ देखि ७० प्रतिशत सम्म मतदान हुने अपेक्षा गरेको छ ।

 

प्रतिकृया दिनुहोस