करेन्ट लागेर शिवनगरका ६ वर्षीय बालकको मृत्यु


३० कार्तिक, चितवन

               चितवनको भरतपुरमा  मंगलबार दिउँसो  करेन्ट लागेर  एक बालकको मृत्यु भएको छ  ।  भरतपुर महानगरपालिका वडा नं १४ शिवनगर निवासी  प्रकाश पाठकका  ६ वर्षीय  छोरा  प्रसिद्ध  पाठकको करेन्ट लागेर   मृत्यू भएको हो ।

 

                आफ्नै घरको बाहिर खाली खुट्टा बत्तीको स्वीच चलाइरहेको बेला करेन्ट लागेको स्थानीयले बताएका छन्  ।  स्विचको आधा भाग नाङ्गो  भएकाले  करेन्ट  लागेको स्थानीयले जानकारी  दिए ।

                  करेन्ट लागेर  गम्भीर घाइते भएका बालकलाई तत्काल  भरतपुर सरकारी अस्पताल  पुर्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए। आज ( बुधबार)  मृतक बालकको शवको  दाह संस्कार  गरिएको छ।

 

          
 

 

प्रतिकृया दिनुहोस