कांग्रेस नेता शशाङ्क कोइराला लगातार चौँथो पटक विजयी
![](https://radioshivshakti.org.np/uploads/news/images/814484608Shashank-Koirala.jpeg)
मध्यविन्दु । नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौँथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी भएका छन्।
निकै प्रतिस्प्रर्धाबीच कोइराला दुई हजार ८२ मत अन्तरले विजयी भएका हुन्। गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले)का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो।
प्रतिकृया दिनुहोस