चितवन ३ मा विक्रम पाण्डे विजयी


१० मंसिर, चितवन

              चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनुभएको छ। पाण्डेको यो दोस्रो जित हो ।  शुक्रबार राति सम्पन्न मतगणनामा उहाँ  ९ हजार ६ सय ९१ मतान्तरका साथ विजयी हुनुभएको हो । पाण्डेले ३४ हजार ३ सय ६२ मत पाउनुभएको  छ ।


               उहाँका निकटतम प्रतिस्पर्धी नेकपा नेकपा माओवादी केन्द्रका उमेदवार डा। भोजराज अधिकारीले २४ हजार ६ सय ७१ मत प्राप्त गर्नुभएको छ  ।  यसअघि ७० सालको संविधानसभा सदस्य निर्वाचनमा चितवन–५ बाट विजयी हुनुभएको थियो  ।

 

               त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी जीता बरालले १४ हजार ७ सय ७९ र स्वतन्त्र उमेदवार दिनेश कोइरालाले १२ हजार ५७ मत पाउनुभएको छ ।  चितवन ३ मा  जम्मा ९२ हजार २६ मत खसेको थियो ।

प्रतिकृया दिनुहोस