जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव निर्वाचित


काठमाडौँ ।


जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन् । संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।


पार्टीको संसदीय दलको विधान २०७७ को दफा १० ९१० बमोजिम यादव सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस अघि रामसहाय प्रसाद यादव संसदीय दलको नेता थिए । उनी उपराष्टपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो ।

 

प्रतिकृया दिनुहोस