कँडेलको हत्या आरोपका मुख्य अभियुक्तलाई उच्च तहका व्यक्तिद्वारा संरक्षण, जनस्तरबाट दबाब स्वरूप बुधबार प्रदर्शन गर्ने

 जेठ १६ , चितवन ।

                    व्यवसायी शंकर  कँडेलको हत्या आरोपका मुख्य अभियुक्तलाई  उच्च तहका व्यक्ति, कानूनद्वारा  संरक्षण  गरिएको आरोप लागेको छ। शंकर कँडेलकी श्रीमती कल्पना कँडेलले श्रीमानलाई  आत्महत्या गर्न बाध्य पारिएका मुख्य अभियुक्तलाई  पक्राउ नगरेपछि उच्च तहका व्यक्ति, कानुन , प्रशासनले  संरक्षण  गरेको आरोप लगाउनुभएको हो।

 

                  प्रहरी प्रशासनले पक्राउ पुर्जी जारी भएको २५ दिनभित्र  आरोपितहरुलाई  पक्राउ गरिने  भनिएपछि आज सम्म मुख्य आरोपितलाई पक्राउ नगरेको  उहाँको भनाई छ । "प्रहरी प्रशासनले २५ दिनभित्र आरोपितहरुलाई पक्राउ  गर्ने र  कडा कारबाही गर्ने भनेको थियो तर आज २७ दिन बित्दा पनि प्रशासन मौन छ" उहाँले भन्नुभयो। आत्महत्या  गर्न बाध्य पारिएका अभियुक्तलाई पक्राउ नगरेकोमा न्यायिक जवाफ माग्न भोलि बुधबार प्रहरी प्रशासन अगाडि प्रदर्शन गर्न लागिएको उहाँले बताउनुभयो। श्रीमानलाई न्याय दिलाएर मृत आत्माले शान्ति नपाएसम्म आफूहरु चुप नबस्ने उहाँले दावी गर्नुभएको छ।

 

 

                     कँडेलको आत्महत्या दुरुत्साहनमा आरोपित  मुख्य अभियुक्तलाई  पक्राउ गर्न नसकेको प्रहरी प्रशासनसंग न्यायिक जवाफ माग्न एक्यवद्धता प्रदर्शन गर्ने भएको उनका समर्थकहरूले बताएका छन्।

 

                   चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको वैशाख १९ मा नारायणगढस्थित आफ्नै कार्यालयमा मृत अवस्थामा भेटिएका थिए ।  कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर व्यवसायिक साझेदार भारतीय मारवाडी प्रदीप रुङ्टालाई बिक्री गरेका थिए । रुङ्गटा र अनमोल  फिड्सका चार्टर एकाउन्टेट जीवन रावलले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नु परेको ‘सुसाइड नोट’ मा  उल्लेख गरेका छन्  ।

 


                       आत्महत्या दुरुत्साहन गरेको भन्दै कँडेलका परिवारले  प्रहरीमा किटानी जाहेरी दिएका थिए ।  उक्त जाहेरी पछि आरोपी मध्ये अनमोल फिड्सका चार्टर एकाउन्टेट जीवन रावललाई प्रहरीले पक्राउ गरेको छ  तर रुङ्गटा अझै पक्राउ परेका छैनन्।

 

 
 
 

प्रतिकृया दिनुहोस